अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा गरिब घरपरिवार पहिचान गर्नका लागि तथ्याङ्क सङ्कलनकर्ता गणक माग गरिएको छ । सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै स्वयंसेवक तथ्याङ्क संकलनकता/गणकका लागि आवेदन माग गरेको हो ।
नगरपालिकाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत गणन माग गरिएको जनाएको छ । ७ दिन म्याद तोकिएको गणकका लागि भने आवेदन शुक्ल ४ सय तोकिएको छ ।


गणकको लागि प्रवीणता तह उत्तीर्ण, कम्प्युटर सफ्टवेयर चलाउन जान्ने मोबाइलमा नेपाली युनिकोड टाइप गर्न सक्ने, आफ्नै एन्ड्रोइड मोबाइल भएको, गोदावरी नगरपालिकाको स्थायी बसोबास भएको हुनुपर्ने सर्त राखिएको छ ।
गणकको सेवा अवधि असार १५ गते सम्म हुने जनाइएको छ ।



















