टीकापुर – कैलालीमा भारतबाट अवैध रुपमा ल्याइएका माछा टीकापुर नगरपालिका –. ९ खक्रौलाबाट बरामद गरिएको छ । प्रहरीले तीन जनाले भारतबाट ल्याउँदै गरेको १७४ किलोग्राम माछा बरामद गरेको हो ।

प्रहरीले जानकी गाउँपालिका – २ बढरियाका ४० वर्षीय प्रदेशु चौधरीले चलाएको सु.प.प्र.०१०००१२ प ५०५१ नम्बरको मोटरसाइकलमा ९८ किलोग्राम, टीकापुर नगरपालिका – १ शक्तिनगरका ३४ वर्षीय दिनेश चौधरीले चलाएको से.५ प.८४५७ नम्बरको मोटरसाइकलमा ३९ किलोग्राम माछा बरामद गरिएको थियो ।

त्यस्तै एकतानगर शिविरका ४० वर्षीय लक्ष्मण डगौरा थारुले चलाएको सु.प.प्र.०१–००९ प २१३४ नम्बरको मोटरसाइकलमा ३७ किलोग्राम माछा प्रहरीले बरामद गरेको छ ।
प्रहरीले बरामद गरेको माछा सत्ती भन्सार कार्यालय बुझाएर भन्सार परिसरमा नष्ट गरिएको भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीले जानकारी दिए । तीनवटा मोटरसाइकल र तिनै जनालाई आवश्यक जरिवाना सहितको कारबाही गरिएको प्रमुख सोनीले बताए ।


















