खाेज्नुहाेस

एयरपोर्ट चोकमा भएको दुर्घटनामा गोदावरीका दीपक गम्भीर घाइते 

Image
अत्तरिया – अत्तरिया धनगढी ६ लेन सडकमा ट्याक्टर र मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शनिवार साँझ से २ त १५१२ नम्बरको ट्याक्टर र सुप प्र०१००८ प ५७८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।
attariya hospital
navjiwan hospital
दुर्घटनामा मोटरसाइकल चालक समेत रहेका गोदावरी नगरपालिका – ६ लालपुरका ४२ वर्षीय दीपक बोगटी गम्भीर घाइते भएका छन् । दुर्घटनामा सामान्य घाइते भएकी महिलाको पहिचान नखुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक टिकाराम विष्टले बताए ।
दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनले ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिइसकेको बताए ।