धनगढी – कैलालीको धनगढीबाट ब्राउनसुगर र स्पास ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ गणेश मन्दिर नजिकैबाट १३० मिलिग्राम लागूऔषध ब्राउनसुगर र ६ ट्याब्लेट स्पास नामक लागुऔषधसहित सोही उपमहानगरपालिका–२ बस्ने २१ वर्षीय अविशेक शर्मासहित ३ जना पक्राउ परेका हुन ।

शुक्रबार अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।


















