खाेज्नुहाेस

धनगढीमा सामुदायिक शिक्षाको नतिजामा उल्लेख्य सुधार

Image

धनगढी – धनगढीमा कक्षा ८ को परीक्षाको वार्षिक परीक्षामा सामुदायिक विद्यालयमा ५०. ०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । धनगढी उपमहानगरपालिकाले लिएको वार्षिक परीक्षाको नतिजामा सामुदायिक विद्यालयको नतिजा उल्लेख्य रुपमा सुधार भएको छ।

navjiwan hospital

२०७९ सालमा सामुदायीक विद्यालयको नतिजा ९.४७ प्रतिशत रहेको थियो भने, २०८० सालमा ३०.७९ प्रतिशत, २०८१ सालमा ४२.१६ रहेको सामुदायीक विद्यालयको नतिजा हाल आएर ५० प्रतिशत भन्दा बढी पुगेको छ।

attariya hospital

सामुदायीक विद्यालयबाट २०८२ सालमा २ हजार ५सय ४३ जना परिक्षामा सहभागि भएका थिए। सहभागि मध्ये १ हजार २ सय ७३ जना उत्तिर्ण भएका छन्।

यो वर्ष धनगढीका ४३ वटा सामुदायिक विद्यालयका २ हजार ५सय ४ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी थिए । उनीहरू मध्ये एक हजार २ सय ७३ जना पहिलो चरणको परीक्षामा सफल भएका हुन् ।