खाेज्नुहाेस

आज उपसभामुखको निर्वाचन

Image

प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको आज दिउँसो ४ बजे बस्ने बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

navjiwan hospital

उपसभामुखका लागि बिहीबार मनोनयन दर्ता भएको छ । श्रम संस्कृति पार्टीकी रुबी कुमारी (ठाकुर) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले सो पदका लागि उम्मेदवारी दिएका छन् ।

attariya hospital

श्रम संस्कृतिकी ठाकुरलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित नेकपालगायत अन्य दलको समर्थन छ ।

त्यसअघि दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।