खाेज्नुहाेस

अभद्र व्यवहार गरेको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी जारी

Image

सिरहा नगरपालिकाका नगर प्रमुख डा. नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कार्यालय सहायकलाई कुटपिट गरेको प्रकरणमा उनीमाथि पक्राउ पुर्जी जारी भएको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, मेयर यादवमाथि अभद्र व्यवहार मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।

attariya hospital

गत सोमबार सिरहा नगरपालिकामा कार्यरत कार्यालय सहायक रामशरण यादवमाथि मेयरले कुटपिट गरेको आरोपमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।