खाेज्नुहाेस

भारतमा हुने यू–१९ टेबल टेनिस टोलीलाई धनगढीमा विदाइ

Image

धनगढी – अन्तर्राष्ट्रिय स्तरको साउथ एसीया युथ च्याम्पियनसीप २०२६ मा सहभागी हुन भारत प्रस्थान गर्ने नेपालको यू–१९ टेबल टेनिस टोलीलाई धनगढीमा भव्य स्वागतसहित विदाइ गरिएको छ। International Table Tennis Federation र Asian Table Tennis Union अन्तर्गत सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन लागेको टोलीलाई शनिबार एक औपचारिक कार्यक्रममार्फत सफल यात्राको कामना गर्दै विदाइ गरिएको हो।

navjiwan hospital

धनगढी पुगेको नेपाली टोलीले यहाँको खेल पूर्वाधार, प्रशिक्षण वातावरण तथा स्थानीय तहले खेलकुद विकासमा देखाएको सक्रियताको प्रशंसा गरेको छ। खेलाडीहरूले धनगढीले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै गरिरहेको प्रयासले आफूहरूलाई थप प्रेरणा मिलेको बताएका छन्।

attariya hospital

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरू राष्ट्रका गौरव भएको उल्लेख गर्दै उत्कृष्ट प्रदर्शनमार्फत देशको नाम उच्च राख्न शुभकामना व्यक्त गरे।

उक्त प्रतियोगितामा सहभागिताले नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न, आफ्नो सीप विकास गर्न तथा आगामी प्रतिस्पर्धाका लागि आत्मविश्वास बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।