खाेज्नुहाेस

कैलालीका डिल्लीराज बने च्याउ उत्पादक किसान संघको उपाध्यक्ष

Image

धनगढी – च्याउ उत्पादक किसान संघ नेपालको उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश भूगोल) मा कैलालीको अत्तरीयाका व्यवसायी डिल्ली राज जोशी चयन भएका छन्।

च्याउ उत्पादक किसान संघ, नेपालको तेस्रो राष्ट्रिय च्याउ सम्मेलनबाट उपाध्यक्ष डिलिराज जोशी सहित केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो ।

attariya hospital
navjiwan hospital

सम्मेलनबाट सन्तोष कार्की पुनः अध्यक्षमा चयन भएका छन् । सह–अध्यक्षमा सिताराम तिमल्सिना चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा सुदूरपश्चिम प्रदेशबाट डिलिराज जोशी बागमती प्रदेशबाट रामहरि घिमिरे, उपत्यकाबाट सुवास तिमल्सिना, कोशी प्रदेशबाट सिताराम घिमिरे, मधेश प्रदेशबाट रुपेश कापर, गण्डकी प्रदेशबाट बिनोद भुसाल, लुम्बिनी प्रदेशबाट पद्मकला बम तथा कर्णाली प्रदेशबाट विजय ज्ञवाली चयन भएका छन् ।

महासचिवमा विकास रिमाल चयन भएका छन् भने सचिवहरूमा रमेश सापकोटा, शिव सन्जेल र तारानाथ घिमिरे चयन भएका छन्। कोषाध्यक्षमा बिनोद पौडेल चयन हुँदा २२ जना केन्द्रीय सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको संघले जनाएको छ।