खाेज्नुहाेस

बुवा पछि छोरा शुलभ पनि पक्राउ, सम्पत्ति शुद्धीकरण विभागमा लगियो

Image

काठमाडौं- शंकर ग्रुपका अर्का सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भैरहवाबाट पक्राउ गरिएको हो । बुवा शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरिसकेको अवस्थामा अब छोरा पनि समातिएका हुन् ।

शुलभलाई सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा लिएको हो । उनलाई अहिले विभागमै उपस्थित गराइएको छ। पछिल्लो समय भारतमा रहेका भनिएका उनलाई प्रहरीले रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको जनाएको छ।

attariya hospital
navjiwan hospital

यसअघि पक्राउ परेका शंकरले नै शुलभलाई तत्काल प्रहरीसमक्ष उपस्थित हुन भनेको दाबी गरिएको छ। शंकर र शुलभ दुवैजना व्यवसायी दीवक भट्टसँगको सम्पर्कका कारण तानिएका हुन् ।

भट्ट यसअघि नै पक्राउ परिसकेका छन् । उनीमाथि विभिन्न अभियोगमा छानबिन अघि बढाइएको छ। यसअघि उनी विवादमा तानिएको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष पनि थिए ।

तर उनले कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदबाट चैत १९ गते राजीनामा बुझाएका थिए। उनले बुझाएको राजीनामा चैत २० गते शुक्रबारको सञ्चालक समितिले स्वीकृत गरेको थियो ।