अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित ४ जना पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका – १२ जुगेडा कटानबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ८३० मिलिग्राम सहित २ जना पक्राउ परेका छन् ।
शनिवार प्रहरीले २२ वर्षीय शिवराज बिक र १८ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


यस्तैबिच कञ्चनपुरको बेलडाँडी गाउँपालिका –३ बनकुरुवाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ९ मिलिग्राम सहित २ जना पक्राउ गरिएको छ ।
शनिवार बेलुकी प्रहरीले सुपप्र ०२–००३ प ८७०३ नम्बरको स्कुटरमा सवार बेलडाँडी गाउँपालिका – १ रतनपुरका २२ वर्षीय प्रकाश गौरा र भीमदत्त नगरपालिका – १८ कटानका २१ वर्षीय निशाज डगौरालाई पक्राउ गरेको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


















