
टीकापुर – कैलालीको टीकापुरबाट ९ जुवाडे पक्राउ परेका छन् । टीकापुर नगरपालिका – १ नयाँ टिकापुरमा ४३ वर्षीय लाल बहादुरले थापाले सञ्चालन गरेको खाजा नास्ता पसलको कोठा भित्र जुवा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको हो ।
शनिवार बेलुकी जुवा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ७७ हजार ७३५ नगद र ३ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।



















