अत्तरिया – कैलालीमा २ छुट्टा छुटै गोठमा आगलागी हुँदा ५ लाख बढीको क्षति भएको छ । घोडाघोडी नगरपालिका – ८ आमफाटाका नेत्र कुमालको कच्ची गोठमा आगलागी हुँदा गोठभित्र रहेका ४ वटा खसी बाख्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सोही गोठमा रहेका मोटरसाइकल, साइकल लगायतका सामानहरू गरी ३ लाख ५८ हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै घोडाघोडी नगरपालिका – ३ निम्दिका दान बहादुर चौधरीको गोठमा आगलागी हुँदा गोठभित्र रहेका आलु, धान काट्ने रिफर, साइकल, त्रिपाल लगायतका सामानहरू जलेका छन् । जसमा अन्दाजी .१ लाख ७३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।


















