धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

बिहीबार दिउँसो लागू औषध सहित स्थानीय २१ वर्षीय अर्जुन नाथ योगी पक्राउ परेका हुन । उनको साथबाट ११० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ६९० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारेको थियो ।

















