खाेज्नुहाेस

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Image

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ स्थित बन कार्यालय नजिकैको डुडेझारी सडक खण्डमा सुपप्र०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

navjiwan hospital

दुर्घटनामा गम्भीर घाइते भएका चालक ३५ वर्षीय रमेश शाहीलाई उपचारका लागि टिकापुर अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन्।

attariya hospital

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।