धनगढी – कैलालीमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । बालिका बलात्कारको अरोपमा प्रहरीले जानकी गाउँपालिका– ७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई पक्राउ गरेको हो ।

अमनमाथि १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले अमनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुपलाई हिरासतमै राखेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

















