खाेज्नुहाेस

ओली-लेखकलाई पाँच दिन म्याद थप

Image

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको छ।

navjiwan hospital

जेनजी आन्दोलन प्रकरणमा शनिबार पक्राउ परेका उनीहरूलाई काठमाडौँ जिल्ला अदालतले आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो।

attariya hospital

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार ज्यानसम्बन्धी कसुरमा दुवै जनालाई पाँच-पाँच दिन म्याद थप भएको छ। साथै ओलीको स्वास्थ्य अवस्था पनि ख्याल गर्न अदालतले आदेश दिएको छ।

शनिबार पक्राउ परेपछि ओलीको स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार गरिरहेको छ भने लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।