अत्तरिया – कैलालीको गोदावरीबाट एक करोड २० लाख ठगी उजुरी परेका एक जना पक्राउ परेका छन् ।
सरकारी जागिर लगाइ दिने तथा अनुदान उपलब्ध गराई दिने भन्दै ठगी गर्दै आएका डोटीको आदर्श गाउँपालिका – २ घर भई गोदावरी नगरपालिका – ६ लालपुर बस्न ३३ वर्षीय तुला राम कोली पक्राउ परेका हुन ।


उनलाई इलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले श्रीपुर जङ्गलबाट शुक्रवार पक्राउ गरेको डिएसपी रण बहादुर चन्दले बताए ।
उनले कोली विरुद्ध ९ लाख बराबरको ठगीको एक उजुरी इलाका प्रहरी कार्यालयमा परेको र वाकी १० वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले १ करोड २० रुपैयाँ बिगो दाबी गर्दै १० वटा उजुरी दर्ता भई अनुसन्धान भइरहेको जनाएको छ । उनी विरुद्ध ठगी मुद्दामा अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

















