खाेज्नुहाेस

कैलालीमा डीएसपीमाथि हातपात घटनाको छानबिन गर्न समिति गठन

Image

धनगढी – कैलालीमा स्थानीयको एक समूहले सशस्त्र प्रहरीको गुल्ममा छिरेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरेपछि छानबिन समिति गठन गरिएको छ ।

खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा स्थानीय युवाले कार्यालय परिसरमा पसेर सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरेका थिए ।

attariya hospital
navjiwan hospital

डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेका थिए ।

घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले छानबिन समिति गठन गरेको छ । बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेक सिंगो टोलीलाई जिल्ला तान्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले निर्देशन दिइसकेको छ ।

स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागीतामा छलफल भइरहेको थियो । छलफल सकिएपछि स्थानीय युवाहरु गुल्ममै छिरेर हातपातमा उत्रिएका थिए ।