खाेज्नुहाेस

टीकापुरमा ग्याँस र पेट्रोलियमको अनुगमन

Image

टीकापुर – टीकापुर बजारका पेट्रोल पम्प र ग्याँस डिलरहरुको अनुगमन गरिएको छ । बुधबार जिल्ला अनुगमन समितिले पेट्रोलियमको अवस्था अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपाल आयल निगम लगायतका कार्यालयका प्रतिनिधिहरूले बजार अनुगमन गरेका हुन् । यहाँ सैपाल, मनकामना, रेडियन्ट लगायतका ग्यास कम्पनीहरूले भने आधा सिलिन्डर उपलब्ध गराउन थालेको तर भेरी ग्याँसको आपूर्ति न्यून भएको पाइएको छ ।

navjiwan hospital

ग्याँस बिक्रेता न्यू एब्रिला ट्रेडर्सका सञ्चालक गौरीकुमार न्यौपानेले आधा मात्रै भरिएको सिलिन्डर ढुवानी गर्दा ढुवानी लागत बढेको गुनासो गरे । ‘पहिले दैनिक ५० देखि १०० सिलिन्डर ग्यास बिक्री हुने गरेकोमा अहिले दैनिक २३४ सिलिन्डर ग्याँस ल्याउँदा पनि टिपाटीप हुने गरेको छ,’ न्यौपानेले भने, ‘भौतारिदै खोज्न आउने सङ्ख्या घटेको छ, अब बिस्तारै सहज होला ।’

attariya hospital

भेरी ग्याँसको विक्रेता रोजी ट्रेड सप्लायर्सका सञ्चालक राजेन्द्र चौधरीले एक हप्तादेखि भेरी ग्यासले आपूर्ति नगरेकाले समस्यामा परेको बताए । उनले भने ‘अब पठाउँछु भनेको छ भेरी ग्यास आएमा बजारको अभाव केही मात्रामा भएपनि कम हुनेछ ।’

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले टीकापुरमा पेट्रोल र डिजेलको अभाव नरहेको तर भेरी ग्याँसका उपभोक्ताले नपाएको बताए । उनले भने ‘ग्याँस लगेर उपभोक्ताले घरमा थुपारेका हुन सक्छन, विक्रेतालाई उपभोक्तालाई ग्याँस दिएको बील जारी गरी रेकर्ड राख्न निर्देशन दिइएको छ ।’ यहाँ डिजल र पेट्रोलको आपूर्ति भने भैरहेको छ ।