खाेज्नुहाेस

एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

Image
navjiwan hospital

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पितृशोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको सचिवालयले जनाएको छ ।

केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए । उनको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिनेछ र त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । दिवंगत ओलीका दुई छोरा र तीन छोरी रहेका छन् ।

attariya hospital