खाेज्नुहाेस

धनगढीमा श्रीमतीको हत्या गरेर भागेका जोशी पक्राउ

Image

धनगढी – धनगढीमा श्रीमतीको हत्या गरेर भागेका डम्मरराज जोशीलाई पक्राउ गरिएको छ । जोशीलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाको शमशेरगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

navjiwan hospital

उनकाअनुसार बाँके प्रहरीको सहयोगमा जोशीलाई पक्राउ गरिएको हो । उनले धनगढी उपमहानगरपालिका–७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीय श्रीमती सरस्वती अवस्थी जोशीको हत्या गरेका थिए । हत्या लगत्तै फरार भएका थिए ।

attariya hospital

जोशीले श्रीमतीको टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरेको पाइएको छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।