अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ मा २ जनामाथी कुटपिट भएको छ । बिहिबार स्थानिय जंग बहादुर राना दम्पत्तिमाथी कुटपिट भएको हो ।
निर्वाचनका लागि मतदान गर्न श्रीमान श्रीमती सँगै जाने क्रममा आफूहरुमाथी दुई जनाले कुटपिट गरेको रानाले बताए ।
उनले वडा नं. १ मा रहेको घण्टेश्वरी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न स्कुटीमा गईरहेका बेला एक्कासी आएर स्कुटीको बाटो छेकी आफूहरुमाथी कुटपिट गरेको बताए । उनले स्थानिय २ जनाले श्रीमान श्रीमती माथी नै कुटपिट गरेको बताए ।


पीडितले कुटपिट गर्ने २ जनाको नाम उल्लेख गरेपनि आधिकारीक निकायबाट पुष्टि हुन नसक्दा हटाइएको छ – सम्पादक
भिडियो




















