अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले निर्वाचन केन्द्रमा मतपत्र, मतदानका लागि आवश्यक सामाग्री पुगाउने, निर्वाचन केन्द्र निर्माण गर्ने लगायतका काम सकिएको बताए ।

उनले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्नको लागि सबै तयारी पुरा गरिएको बताए ।

उनले यस क्षेत्रमा दुर्गम क्षेत्र पनि भएकाले मतपेटिका आउन समय लाग्ने आकलन गरिएको बताउँदै मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने बताए ।
उनले मतगणनाका लागि पनि आवश्यक तयारी भइरहेको बताए । उनले मतगणना स्थलमा तार बार र सिसिटिभी क्यामेरा जडान गरिने बताए ।
भिडियो




















