अत्तरिया – रङ्गहरूको पर्व होली र दलहरूको पर्व चुनाव यस पटक सँग सँगै परेको छ । हिन्दुहरूको महान् पर्वको लागि बिक्री गर्न राखिएका सामानहरूले बजार रङिन भएको बेला फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरू होमिएका छन् ।

होली र चुनाव सँग सँगै हुँदा उम्मेदवारहरू होलीको अबिर लगाएर चुनाव प्रचारमा जुटेका छन् ।

चुनाव र होलीको रौनकका बिच आइतबार बिहानै देखि अत्तरिया बजारमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले पनि अत्तरिया बजारमा भोट मागिरहेका छन् । होलीका रङ्गले रङ्गिएको बजार क्षेत्रमा उम्मेदवारहरूले घरदैलो गर्दा बजार क्षेत्र झनै रङ्गीचङ्गी बनेको छ ।



















