मसुरिया– कैलालीको गौरीगंगा– ७ र ८ का ३ जनाले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन । उक्त वडा स्थित मनिकापुरका तिलराम चौधरी र नेपालु चौधरीले एमाले परित्याग गरेका हुन भने वडा नं. ८ चमारीपुरकी ममता नेगीले पनि एमाले परित्याग गरेकी हुन । उनिहरु तिनै जना शनिबार कांग्रेसमा प्रवेश गरेका हुन ।

उनिहरुलाई टीका र खादा लगाएर नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले पार्टीमा प्रवेश गराएका हुन ।

कार्यक्रममा बोल्दै बिष्टले पार्टीमा प्रवेश गर्ने सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । उनले विकास, सुशासन र जनहितका एजेण्डामा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेस नै लोकतन्त्र, समावेशिता र समृद्धिको भरोसायोग्य शक्ति भएको दाबी गरे ।
नवप्रवेशीहरुले पनि कांग्रेसको नीति, कार्यक्रम र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सक्रिय रहने बताएका छन् । स्थानीय तहमा पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दो रहेको बताइएको छ ।



















