खाेज्नुहाेस

मेरो उद्देश्य कैलाली ४ लाई समृद्ध बनाउने हो : उम्मेदवार विष्ट

Image

अत्तरिया – नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द) ले मेरो उद्देश्य कैलाली ४ लाई समृद्ध बनाउने रहेको बताउँदै यसका लागि पार्टी मात्रै नभएर सबैको सहभागिता हुन आवश्यक रहेको बताएका छन ।

सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले यस क्षेत्र सुहाउँदो घोषणा पत्र ल्याइसकेको बताउँदै देश सुहाउँदो घोषणा पत्र केन्द्रबाट सार्वजनिक भइसकेको बताए । उनले आफू ठुला भाषण गरेर नेता नभएको बताउँदै यो देशलाई दुख्दा, देशलाई मर्का पर्दा सेवा गरिरहेको व्यक्ति भएको बताए ।

attariya hospital
navjiwan hospital

उनले अन्तर्राष्ट्रिय स्तरमा धेरै कुरा बुझेको व्यक्ति भएको बताउँदै उनले ती क्षेत्रका शिक्षा, स्वास्थ्यका नीति लागु गर्न लाग्ने बताए । उनले यही माटोमा हुर्केर उच्च शिक्षाका लागि मात्रै बाहिर गएको बताउँदै यस क्षेत्रका सम्भावना बारेमा आफू परिचित रहेको बताए ।

उनले यस क्षेत्रका सम्भावना उजागर गर्नका लागि सबै लागेर सम्भव हुने बताए । उनले रोजगारीको समस्या, थारुका समस्या, चुरे मोहन्यालका समस्या समाधान गर्न आवश्यक रहेको बताए ।

भिडियो