अत्तरिया – राप्रपाका उम्मेदवार कमल बम रजवारले राष्ट्रियता, विकास र सुशासनको सवाल मुख्य मुद्दा रहेको बताएका छन ।
सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले अहिले राष्ट्रियता कमजोर भएको बताउँदै राष्ट्रियतालाई अच्युत राख्न, देशलाई सनातन र राजा सहितको सहमतिमा चुनाव हुनुपर्ने आफूहरूको माग रहेको बताए । उनले सङ्घीयता खारेज हुनुपर्ने बताए ।


उनले कैलाली ४ मा आफूले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले यस क्षेत्रको भौतिक पुर्वाधार सुधार पनि आफ्नो प्राथमिकतामा रहने बताए । उनले प्रत्येक पालिकामा सम्भव भएसम्म १२० शय्याको अस्पताल हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।
उनले चुरेमा थुप्रै सम्भावना रहेको बताउँदै यहाँका सम्भावनाको उजागर गर्न आवश्यक रहेको बताए । उनले गोदावरी धामको पनि विकास आफ्नो एजेन्डा रहेको बताए ।
आवाज



















