खाेज्नुहाेस

पहिलो प्राथमिकता राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र स्वाभिमान : उम्मेदवार भट्ट

Image

अत्तरिया – नेकपा एमालेको उम्मेदवार लेखराज भट्टले देश सङ्कटमा भएकाले एमालेको पहिलो प्राथमिकता राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र स्वाभिमान रहेको बताएका छन ।

सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाएर अघि बढ्ने, नेपाली जनताले ल्याएको संविधानमाथि प्रहार भएकाले त्यसको रक्षा गर्ने रहेको बताए ।

attariya hospital
navjiwan hospital

उनले सुदूरपश्चिमको सन्दर्भमा शिक्षा, स्वास्थ्य रोजगार प्रमुख प्राथमिकता रहेको बताए । उनले शिक्षा भन्दा पहिला संस्कारमा प्राथमिकता दिनुपर्ने बताए । उनले सुदूरपश्चिममा प्रारम्भ भएका सेती लोक मार्ग, महाकाली करिडोड, खुटियो दिपायल फास्ट ट्र्याक निर्माण, राजधानी निर्माण गर्ने काम प्राथमिकतामा रहने बताए ।

उनले भूमिहीनलाई समस्या, बाटो, खानेपानीका समस्या आफ्नो प्राथमिकता रहेको बताए । उनले गेटामा विश्वविद्यालय पूर्ण रूपमा सञ्चालन गर्ने, कृषिमा आधारित उद्योग निर्माण, दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण आफ्ना एजेन्डा रहेको बताए ।

आवाज