खाेज्नुहाेस

भ्रष्टाचारीलाई आजीवन कारावास हुनुपर्छ : उम्मेदवार शाही

Image

अत्तरिया – नेकपा (माओवादी) का उम्मेदवार भक्त बहादुर शाहीले देश सङ्कटमा गुज्रिरहेको अवस्थामा आफूहरूको एजेन्डा पनि सर्वश्व सहित भ्रष्टाचारीलाई आजीवन कारावास हुनुपर्ने रहेको बताएका छन ।

सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले आफूले कैलाली क्षेत्र नम्बर ४ मा १६ वटा बुँदाको एजेन्डा राखेको बताउँदै कृषिका समस्याका बारेमा जानकार रहेको बताए ।

attariya hospital
navjiwan hospital

उनले आफूले ६ बिगाहामा खेती गरेको बताउँदै कृषिका समस्या आफूले भोगेकाले जनताका समस्या पनि आफूले बुझेको बताए । उनले गेटा विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताए ।

उनले निर्वाचन स्वच्छ, भयरहित वातावरण सम्पन्न गर्नुपर्ने बताए । उनले राज्य जनताको पक्षमा हुनुपर्ने बताउँदै आफूहरूका सीमाका, एमसीसीका मुद्दामा सहित चुनावमा होमिएको बताए ।

आवाज