खाेज्नुहाेस

श्रम गर्ने व्यक्ति अगाडि बढ्नुपर्छ : उम्मेदवार थापामगर

Image

अत्तरिया – श्रम संस्कृति पार्टीका उम्मेदवार भीम बहादुर थापामगरले श्रम नगरे उत्पादन नहुने, उत्पादन नगरे बिक्रीका लागि बस्तु नहुने र बस्तु बिक्री नगरे पैसा नहुने बताएका छन ।

सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले कति पुस्ता गफ गरेर काट्ने बताउँदै अब भने श्रम गर्ने व्यक्ति अगाडि बढ्नु पर्ने बताए । उनले माटो प्रतिको माया जोगाउनका लागि आफू चुनावमा उभिएको बताए ।

attariya hospital
navjiwan hospital

उनले आफू बिचार र औजार, चेतना र पसिनाको कान्तिको वाहन लिएर जनतामा आएको बताए । उनले आफूहरूले युवालाई तोडफोड आगजनी गर्न नभएर श्रम गर्न सिकाउने, सहर सुन्दर बनाउन सिकाउने, नयाँ नयाँ आविष्कार गर्न सिकाउने बताए ।

आवाज