अत्तरिया – जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र ५ सय जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका १३ का ३० वर्षीय घुमन राना पक्राउ परेका छन ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार घरबाटै पक्राउ गरेको हो ।

यस्तै जिल्ला अदालत अछामले २०८१ असार २१ गते ठगी मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका बाजुराको खप्तडछेडेदह गाउँपालिका – ३ का गणेश बहादुर खड्कालाई पक्राउ गरेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले सोमबार अछामको मंगलसैन नगरपालिका – ५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


















