खाेज्नुहाेस

आज बाजुरा र अछाम जाँदै बालेन

Image
navjiwan hospital

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बिहीबार सुदूरपश्चिम प्रदेशका बाजुरा र अछाम जाने कार्यक्रम रहेको छ । बिहिबार बिहान बझाङमा रहेका उनी ११ः३० बजे बाजुराको मार्तडी र दिउँसो १२ः१५ बजे अछामको साँफेबगर र दिउँसो २ः१५ बजे मंगलसेनमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको छ ।

पार्टीले जनसम्पर्क कार्यक्रममार्फत संगठन विस्तार, स्थानीय समस्या बुझ्ने र आगामी राजनीतिक रणनीतिबारे कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य रहेको जनाएको छ । त्यसैका लागि बालेन तीन दिनदेखि सुदूरपश्चिममा छन् ।

attariya hospital