अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज दुर्गेश थापा लगायतका कलाकारले आफ्नो प्रस्तुति राख्ने भएका छन् ।

महोत्सवमा शोभा त्रिपाठी, सरस्वती धामी, विक्रम चौधरी, गङ्गा थापा मगर लगायतका कलाकारले पनि आफ्नो प्रस्तुति राख्ने आयोजक न्यु सृजनशील युवा क्लब अत्तरियाले जनाएको छ ।

पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको महोत्सव आज समापन हुँदै छ ।
सम्बन्धित समाचार : अत्तरियामा जारी महोत्सवको आज समापन गरिँदै



















