खाेज्नुहाेस

परशुराममा पढाइएका लागि ५ लाखसम्म बिनाब्याज ऋण

Image

डडेल्धुरा –  डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीहरूका लागि उच्च शिक्षा हासिल गर्न आर्थिक समस्या नहोस् भन्ने उद्देश्यले सुरु गरेको ‘बिनाब्याज शैक्षिक ऋण’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्न चाहने यद्यपि आर्थिक अभाव भएका विद्यार्थीहरूका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने नीति लिएको थियो ।

attariya hospital
navjiwan hospital

गत आर्थिक वर्षबाट सुरु भएको यो कार्यक्रमअन्तर्गत ३० जना विद्यार्थीले ऋण सुविधा लिई अहिले विभिन्न प्राविधिक विषयहरू पढिरहेका छन् । यी ३० विद्यार्थीले पहिलो किस्ता आर्थिक वर्ष २०८१/०८२ मा पाएका छन् । यसैगरी दोस्रो किस्ता चालु आर्थिक वर्षमा नगरपालिकाले दिइरहेको छ ।

नगरपालिकाले दिएको शैक्षिक कर्जा शुल्कले विद्यार्थीहरूले अहिले देशका विभिन्न कलेजहरूमा एमबीबीएस, इन्जिनियरिङ, बीएस्सी एजी (कृषि), नर्सिङ, एचए र कम्प्युटर इन्जिनियरिङ जस्ता विषयहरू अध्ययन गरिरहेका छन् ।

विद्यार्थीहरूको अध्ययन शुल्कबापत नगरपालिकाले पहिलो र दोस्रो किस्ता गरी रकम क्याम्पसको खातामा जम्मा गरिदिएको छ ।

चालु आर्थिक वर्षका लागि पनि नगरपालिकाले नयाँ आवेदन खुलाएको छ । परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीका अनुसार नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई एसईई वा सोभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र धितो राखेर उच्च शिक्षा अध्ययन गर्न ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइन्छ ।