डडेल्धुरा– डडेल्धुराको नवदुर्गा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । पालिकाको वडा नं. १ मा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल मष्ठाभगवती देवीको मन्दिरमा लाग्ने मेला (मष्ठाजाँत) का अवसरमा पालिकाले सार्वजनिक बिदा दिएको हो ।

मेलाका अवसरमा गाउँपालिकाको कार्यालय मातहतमा रहेका सरकारी तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

मष्ठाजाँत उग्रतारा मेला देहिजाँतको ठिक एक महिना पछि लाग्ने गर्छ । डडेल्धुरामा वर्षको अन्तिम जाँत भएकाले पनि मष्ठा भगवती मन्दिरको जाँतमा डडेल्धुरा लगायत सुदूरपश्चिमका अधिकांश स्थानबाट स्थानीय दर्शनार्थी पुग्ने गरेका छन् ।

















