धनगढी – कैलाली र कञ्चनपुरबाट करीब ६ लाखको अवैध सामान बरामद गरिएको छ ।
भीमदत्त नगरपालिका–४ बसपार्क, २ नम्बर गल्ली र सुकासाल क्षेत्रबाट भारतबाट अबैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामानहरू प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ।

जसअन्तरगत आईफोन कभर, बेलुन, झालर, हल्दी सेट, पाउडर, गिफ्ट पेपर, कलर गन, अन्न परासन, जुत्ता, किराना लगायतका ५ लाख ६८ हजार ३५४ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, कैलालीको भजनी नगरपालिका–५, जसबहादुर घाट क्षेत्रमा भारतबाट अबैध रूपमा भन्सार छलि गरी ल्याइएका ३५ हजारका बिडी इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।




















