
अत्तरिया – कञ्चनपुरको पुनर्वासबाट फरार प्रतिवादी पक्राउ परेका छन । शुक्रबार जिल्ला अदालत कञ्चनपुरको २०८१ बैशाख २ गते लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकेका पुनर्वास नगरपालिका – ११ डोकेबजारका ३६ वर्षीय जोगराज चौधरी पक्राउ परेका हुन ।
उनलाई प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।




















