खाेज्नुहाेस

बूढीगङ्गा नदीमा पक्की पुलको काम अगाडि बढाउन माग

Image

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई बूढीगङ्गा नदीमा पक्की पुल र  निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गरिएको छ ।

त्रिवेणी नगरपालिका–४ तोलीमा शनिबारदेखि सुरु भएको बडीमालिका मष्टो देवल ज्ञान विज्ञान धार्मिक महायज्ञको उद्घाटनका लागि यहाँ पुगेका मुख्यमन्त्री शाहलाई शनिबार बूढीगङ्गा नगरपालिकाका र  नेपाली कांग्रेस त्रिवेणी नगर कार्यसमितिले उक्त माग गर्दौ ज्ञापनपत्र बुझाएका हुन ।

attariya hospital
navjiwan hospital

बूढीगङ्गा नदीमा पक्की पुल निर्माणको ठेक्का लागिसके पनि काम अगाडि नबढेको भन्दै तत्काल कार्य काम गर्ने वातावरणका लागि आग्रह गरिएको छ । मालगाडमा पुल निर्माणाधीन अवस्थामा रहे पनि विभिन्न कारणले काम सम्पन्न नभएको भन्दै ध्यानाकर्षण गराइएको छ ।

बूढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँले बुझाइएको पाँचबुँदे ज्ञापनपत्रमा तीनवटा नगर गौरवका सडक निर्माणका लागि बजेट, बार्जुकोट दरबार पुनर्निर्माण र संरक्षणका, कुँडीकोट र बयालचाका दरबार संरक्षण लागि विशेष व्यवस्थापन गर्नुपर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र नाटेश्वरी जाने तीर्थयात्रीका लागि फालासैनमा वा बाम्कामा विश्रामस्थल निर्माण गर्नुपर्नेलगायत माग उल्लेख गरिएका छन् ।