खाेज्नुहाेस

कञ्चनपुरमा धान खरिद रोकिएपछि किसान आन्दोलित

Image

कञ्चनपुर – धान खरिदको निर्धारित कोटा पूरा भएको भन्दै खरिद प्रक्रिया रोकिएपछि कञ्चनपुरका किसान आक्रोशित भएका छन् । बुधवार धान बिक्रीका लागि टोकन लिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय पुगेका उनीहरू धन खरिदको निर्धारित कोटा पूरा भएपछि अलपत्र परेका हुन् ।

navjiwan hospital

कञ्चनपुरमा गत कार्तिक १६ गतेबाट समर्थन मूल्यमा धान खरिद सुरु गरिएको थियो । सुरुवातमा जानकारी नपाएका किसान १९ गते टोकन लिन आएका किसानलाई मङ्सिर ३ गतेसम्मका लागि टोकन वितरण भइसकेको भन्दै नाम टिपाएर ३ गते बोलाइयो । तर कार्यालयले बोलाएकै मितिमा गएका उनीहरूलाई निर्धारित कोटा पुरा भएको भन्दै कार्यालयले फिर्ता गरेपछि विवाद सृजना भएको छ । सरकारले किसानको धान खरिदका लागि समर्थन मूल्य तोके पनि खाद्यले व्यापारीको धान खरिद गरेको भन्दै किसानहरू आक्रोशित भएका छन् ।

attariya hospital

कञ्चनपुरमा खेतीयोग्य जमिनमध्ये ४८ हजार क्षेत्रफलमा धान खेती गरिन्छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष जिल्लामा ४ दशमलव २ मेट्रिक टन धान उत्पादन भएको छ । तर सरकारले भने धान खरिदका लागि पाँच हजार क्विन्टल मात्रै कोटा निर्धारण गर्दा किसान मर्कामा परेका छन् ।