धनगढी – सहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुटसल प्रतियोगिता–२०८२ हुने भएको छ । स्टार सिटी युवा क्लवको आयोजनामा जेनजी आन्दोलनका सहिद गौरव जोशीको सम्झनामा फुटसल प्रतियोगिता हुने लागेको हो ।

आयोजकले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिता बारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष नरेन्द्र शाहले यही मंसिर १० र ११ गते धनगढीमा फुटसल प्रतियोगिता हुने जानकारी दिए ।
उनले प्रथम प्रतियोगिताको प्रथम पुरस्कार १ लाख र द्वितीय पुरस्कार राशी ५० हजार रहेको तथा टिम दर्ता शुल्क ५ हजार ५ सय रहेको बताए ।
















