डडेलधुरा— राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डडेल्धुराको अध्यक्षमा गायक सुधीर जैरु चयन भएका छन् । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो जिल्ला अधिवेशन तथा सातौं वार्षिक साधारण सभाबाट जैरु अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

अधिवेशनले जैरुको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा रमेश मल्ल, द्वितीय उपाध्यक्षमा भानबहादुर विक (भास्कर), महिला उपाध्यक्षमा ममता भट्ट, सचिवमा धनबहादुर थापा मगर, कोषाध्यक्षमा धर्मा बोहरा, सहसचिवमा सूर्यप्रकाश धामी र सह–कोषाध्यक्षमा चन्द्र तिरुवा चयन भएका छन् ।


यस्तै सदस्यहरूमा रितु ठगुन्ना, तारा क्षेत्री, अर्जुन चटौत, उषा पुनमगर, सुरत तमोली, खगराज शाह र मोहित विक रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष जैरुले आफ्नो कार्यकालमा लोक तथा दोहोरी गीतका स्रष्टाहरूको हकहितमा काम गर्दै नयाँ प्रतिभा पहिचान, संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।
















