खाेज्नुहाेस

मेलाको अवसरमा डडेल्धुराको भागेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

Image
navjiwan hospital

डडेल्धुरा– डडेल्धुराको भागेश्वर गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । कार्तिक १८ गते वैकुण्ठ चतुर्दशीका दिन भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका कार्यालयले आईतबार एक सूचना जारी गर्दै गाउँकार्यपालिकाको निर्णय अनुसार मेलाको दिन सार्वजनिक बिदा दिईएको जनाएको छ । सूचना अनुसार सो दिन अत्यावश्यक सेवा बाहेक पालिका भित्र रहेका गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्यसंस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहतका सबै कार्यालय तथा संघसंस्थाहरुमा सार्वजनिक बिदा रहनेछ ।

attariya hospital