डडेल्धुरा – डेढ दशकदेखि अल्झिरहेको डडेल्धुरा बसपार्क निर्माण सुस्त भएको छ । बसपार्कको गत असार पहिलो साता शिलान्यास गरिए पनि निर्माण सुस्त गतिमा अगाडि बढिरहेको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका – ८ डकलेमा बन्ने बसपार्क क्षेत्रबाट विद्युत् लाइन गएको हुँदा निर्माणले गति लिन नसकेको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका साइड इन्चार्ज दीपक ओझाले बताए ।

१० करोड ३० लाख १६ हजार रुपियाँ लागतमा व्यवस्थित बसपार्क निर्माणका लागि ठेक्का सदर भएको थियो । गत असारदेखि निर्माणको काम थालिए पनि बझाङ जिल्लासँग जोडिएको विद्युत्को ३३ केभी र स्थानीयको जग्गासँगै बैतडी, दार्चुलासम्म जोडिएको ११ केभी लाइनका कारण काममा ढिलाइ भइरहेको साइड इन्चार्ज ओझाले बताए ।

















