आईसीसी मेन्स क्रिकेट वल्र्डकप लिग २ अन्तर्गत नेपालले यूएईलाई २३५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा आलआउट हुँदै २३३ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सतकिय पारी खेले । उनले १३० बोलमा १०९ रन बनाएका थिए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।


यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।















