आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली सयमअनुसार आज बिहान ११:१५ बजे यूएईमा हुनेछ ।

यूएई टुरमा नेपालको यो दोस्रो खेल हो । नेपाल यसअघि अमेरिकासँग खेल्दै हार ब्यहोरेको थियो । त्यस्तै, यूएई पनि अमेरिकासँगै हारेको थियो ।


लिग २ मा १७ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ र समान १७ खेल खेलको यूएई ६ अंकसहित पुछारमा रहेको छ । अंक तालिकाको क्रमश: अमेरिका (३२), स्कटल्यान्ड (३०), नेदरल्यान्ड (२८), ओमान (२४), क्यानडा (२१) र नामिविया (१९) मा रहेका छन् ।
लिग २ को प्रतिस्पर्धामा आठ टोली सहभागी छन् ।















