खाेज्नुहाेस

अत्तरियामा आयोजना हुने बि लेवल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

Image

अत्तरिया– कैलालीको अत्तरियामा सञ्चालन हुने बि लेबल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । अत्तरियामा रहेको सारिका प्रीन्टिङ प्रेसको आयोजना र माउन्ट एभरेस्ट क्लबको सह आयोजनामा शुक्रबारदेखी आयोजना हुन लागेको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।

आयोजकले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र शुक्रबार बिहान ७ बजे देखी खेल सुरु हुने बताएको छ । प्रतियोगितालाई ‘अत्तरिया च्याम्पियनसिप २०८२’ नाम दिइएको छ । प्रतियोगितामा कैलाली, कञ्चनपुर, दार्चुला लगायतका विभिन्न स्थानमा ५९ वटा टिमको सहभागिता रहेको आयोजक सारिका प्रिन्टिङ प्रेसका सञ्चालक सन्तोष भट्टले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

प्रतियोगिताको बिजेता टिमले नगद ४१ हजार १०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद २१ हजार १०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा तृतीय हुने टिमलाइ पनि पुरस्कारको ब्यवस्था गरिएको भट्टले बताए । उनका अनुसार प्रतियोगितामा तृतीय हुने टिमलाइ नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

हिन्दु धर्मावलम्बीहरुको महान पर्व दिपावलिलाइ लक्षित गरि प्रतियोगिता आयोजना गरिएको भट्टले बताए । नक आउटको आधारमा खेलाइने प्रतियोगितामा रास्ट्रीय र क्षेत्रीय खेल खेलेका खेलाडिहरु सहभागी हुन नपाउने उनले बताए । प्रतियोगिताको दर्ता शुल्क २००० रुपैया तोकिएको छ । अत्तरिया क्षेत्रमा पछिल्लो केही वर्ष यता ब्याडमिन्टन प्रतियोगिताहरु हुँदै आएका छन । चाडपर्वको समयमा यस्ता किसिमका प्रतियोगिताहरुले साथिभाइहरु बिच आपसी भेटघाटको वातावरण पनि सृजना गर्ने भट्टको भनाई छ । उनले प्रतियोगितालाइ प्रतिस्पर्धाका रुपमा भन्दा पनि आपसी भेटघाट र मेलमिलापको अवसरका रुपमा आयोजना गर्न लागिएको बताए ।