अत्तरिया – कञ्चनपुरका तीन पालिकाबाट तीन लाख बढीको अवैध सामान बरामद गरिएको छ । आइतबार भीमदत्त.नगरपालिका – ४ गोबरीया, भीमदत्त नगरपालिका – १० सुकासाल, बेलौरी नगरपालिका – ६ भुराकोट र कृष्णपुर नगरपालिका – ५ गुलरियाबाट अवैध सामान बरामद गरिएको हो ।


जसअन्तर्गत ३ लाख ११ हजार ८१० रुपैयाँ बराबरको साइकलको पाट पुर्जा, फोटो फ्रेम, मल खाद, कमर बेल्ट, कपडा, जुत्ता, चप्पल लगायतका सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको जनाइएको छ ।



















