डडेल्धुरा – डडेल्धुरास्थित महाकाली नदीमा एक महिलाको शव फेला परेको छ । सोमबार परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा एक महिलाको शव फेला परेको हो ।
अन्दाजी ३५ वर्षकी ती महिलाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । शवलाई अहिले जोगबुढा अस्पतालमा राखिएको छ ।