खाेज्नुहाेस

वेस्ट इन्डिजसँग युनिटी कप टी–२०आई खेल्ने नेपालको टोली घोषणा

Image

काठमाडौं– वेस्ट इन्डिजसँग खेल्ने नेपालको क्रिकेट टोली घोषणा भएको छ । यही सेप्टेम्बर अन्तिम साता यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२०आई शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपालको अन्तिम टोली घोषणा भएको हो ।

navjiwan hospital

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा जोरा २०२४ को टी–२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् ।

attariya hospital

दुवैले भारतको आसाममा भएको ५ खेलको टी२० शृंखलामा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए । घोषित टोलीमा रोहितकुमार पौडेल कप्तान र दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् । नेपालले वेस्ट इन्डिजविरुद्ध सिरिजमा ३ टि–२० खेल खेल्नेछ ।

नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम